दुई जनाको शव फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
झापाको मेचीनगर नगरपालिका-८ जोरसिमलस्थित सडक छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
काभ्रेको धुलिखेल नगरपालिका-१२ शंखुपाटी बस्ने ६३ वर्षीय बिकुलाल श्रेष्ठ आफ्नै घर नजिकै रहेको बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment