सुत्केरी र शिशुको मृत्यु भएपछि धुलिखेल अस्पतालमा तनाव, कर्मचारीमाथि निर्घात कुटपिट
काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचारका क्रममा सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। आक्रोशित बिरामीका आफन्तले अस्पतालका कर्मचारी सूर्य प्रकाश श्रेष्ठमाथि निर्घात कुटपिट गरेका छन्।
चिकित्सकको लापरवाहीका कारण बेथानचोक गाउँपालिका–१ की सुत्केरी महिला र शिशुको मृत्यु भएको मृतकका आफन्तको आरोप छ। अस्पतालको आईसीयूमा उपचारकै क्रममा दुवैको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी र प्रदर्शन गरेका हुन्।
आफन्तको कुटपिटबाट घाइते भएका कर्मचारी श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनापछि अस्पताल प्रशासन र पीडित पक्षबीच वार्ताको प्रयास भइरहे पनि हाल अस्पतालको अवस्था निकै तनावग्रस्त रहेको छ। सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अस्पताल परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment