कुशल भुर्तेलले एकै ओभरमा प्रहार गरे ६ छक्का

डिसी नेपाल
१७ जेठ २०८३ ८:१७

काठमाडौँ । सिंगापुरमा जारी एसियन गेम्स पुरुष टी–२० क्रिकेट क्वालिफायरअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले तुफानी ब्याटिङ गरेका छन् । चीनविरुद्धको खेलमा भुर्तेलले आक्रामक ब्याटिङ गर्दै एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका हुन् ।

सिंगापुर नेशनल क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि ९ औँ ओभरमा भुर्तेलले सो ऐतिहासिक सफलता हासिल गरेका हुन् । उनले चिनियाँ बलर जोङ युचाओको ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै मैदानमा सनसनी मच्चाए ।

यससँगै कुशल भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वकै चुनिएका खेलाडीहरूको सूचीमा सामेल भएका छन् । यसअघि नेपालकै दीपेन्द्र सिंह ऐरीले मंगोलिया र कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *