देशका छुट्टाछुट्टै स्थानमा पाँच जनाको मृत्यु
काठमाडौं। देशका विभिन्न स्थानमा पाँच जनाको ज्यान गएको छ।
खोटाङको खोटेहाङ गाउँपालिका-६ कार्तिके काभ्रे टोल बस्ने ३० वर्षीया भुमिका राई सोही ठाउँस्थित जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।
पर्साको वीरगंज महानगरपालिका-३० प्रसौतीपुर बस्ने १६ वर्षीय नितेश कुमार शर्मा सोही ठाउँस्थित बौबी खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका-४ स्थित गुड्ररूङ खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्।
सुनसरीको धरान उपमहानगरपालिका-१५ रामलक्ष्मण मार्ग बस्ने ३१ वर्षीय सौरभ कार्की आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन्।
बाँकेको नेपालगंज उपमहानगरपालिका-२० बिकास टोल बस्ने दाङ घर भएका ४६ वर्षीय डम्मर भन्ने राज कुमार रैदास आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment