कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
म्याग्दी । ‘जेनजी’ आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरबाट पक्राउ गरेको छ।
जबरजस्तीकरणी मुद्दामा कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका पोखरा महानगरपालिका–९ का ५४ वर्षीय लक्ष्मण मगराती भनिने कृष्णबहादुर सार्कीलाई पक्राउ गरी शनिबार कारागार कार्यालय बेनी चलान गरिएको हो।
शुक्रबार राति ९ बजे गलेश्वरमा शङ्कास्पद रूपमा हिँडडूल गरिरहेको अवस्थामा फक्राउ परेका सार्कीलाई एक रात हिरासतमा राखेर प्रक्रिया पूरा गरी बाँकी कैद भुक्तान गराउन कारागार चलान गरिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
“कास्की जिल्ला अदालतले सात वर्ष कैद फैसला सुनाएका सार्की पोखरास्थित कारागारमा सह–नाइकेको जिम्मेवारीमा रहेको खुलेको छ”, उनले भने, “छानबिनका क्रममा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेको पुष्टि भएपछि बाँकी कैद भुक्तान गर्न कारागार चलान गरिएको हो।”







डिसी नेपाल







Facebook Comment