मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण

डिसी नेपाल
२४ जेठ २०८३ १७:२०

झापा । कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरी झापाको मेचीनगर नगरपालिका–१ र ४ मा पर्ने बाहुनडाँगी क्षेत्रको निरीक्षण गरेकी छन्।

स्थानीयको गुनासोपछि मन्त्री चौधरी हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न झापा पुगेकी हुन्।

दैनिक जसो मकै, सुपारीलगायतका बालीमा क्षति भैरहेको स्थानीयले गुनासो गरेका छ्न्।

हात्ती नियन्त्रण र स्थानीय सुरक्षाका लागि सरोकारवाला सङग समन्वय गर्ने मन्त्री चौधरीले बताइन्। मन्त्री चौधरीले मानव–हात्ती द्वन्द्व दीर्घकालीन रूपमा समाधान गर्न केन्द्र, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउँदै पीडित किसानको संरक्षण र क्षतिपूर्ति प्रक्रियालाई प्राथमिकता दिने प्रतिबद्धता जनाइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *