रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन्।
आइतबार तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्राममा सम्पन्न अधिवेशनबाट प्रतिस्पर्धी आशिष न्यौपानेलाई एक सय ५३ मतान्तरले पराजित गर्दै उपाध्याय निर्वाचित भएका हुन्। उपाध्यायले दुई सय ९६ र न्यौपानेले एक सय ४३ मत प्राप्त गरेका छन्।
यस्तै, जिल्ला उपसभापतिमा दुर्गाप्रसाद अर्याल विजयी भएका छन्। अर्यालले दुई सय ३८ र प्रतिस्पर्धी रचना क्षेत्रीले एक सय ८९ मत प्राप्त गरे। सचिवमा ज्ञानेन्द्र पाण्डे दुई सय ३७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी मोहनविक्रम जिसीले दुई सय तीन मत प्राप्त गरे।
सहसचिवमा बाबुराम अर्याल दुई सय ७९ मतसहित विजयी भए भने प्रतिस्पर्धी प्रेमनारायण तिवारीले एक सय ४८ मत प्राप्त गरे।
कार्यसमिति सदस्यमा शर्मिला आचार्य (३२२), अनिता पन्थी (२६७), जमुना सापकोटा (१६०), रामनाथ हरिजन (१७२) र राजबहादुर क्षेत्री (२४०) विजयी भए।
निर्वाचन समितिका अनुसार क्षेत्र नं १ को संयोजकमा खडानन्द पौडेल, क्षेन नं २ को संयोजकमा विष्णुप्रसाद पौडेल, क्षेन नं ३ मा छविलाल शर्मा, क्षेन नं ४ मा विश्वनाथ शर्मा र क्षेन नं ५ मा शेषकान्त गैरे (समिर) विजयी भएका छन्।







डिसी नेपाल







Facebook Comment