मोबाइलमा भिडियो बनाउँदै गाडी चलाएपछि हर्क साम्पाङ ट्राफिक कारबाहीमा
काठमाडौं। ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
ट्राफिक नियमको पालना नगरी लापरबाहीपूर्वक सवारीसाधन चलाएको भन्दै उनलाई ट्राफिक जरिवाना तिराएर कारबाही गरिएको हो। ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीले आज उनीमाथि गरिएको यस कारबाहीबारे औपचारिक जानकारी दिएको छ।
उनीमाथि गत जेठ २२ गते उदयपुर जाने क्रममा सवारीसाधन चलाउँदा गम्भीर लापरबाही गरेको आरोप लागेको छ। राईले गाडी चलाइरहेकै अवस्थामा आफ्नो मोबाइल फोन प्रयोग गरी भिडियो बनाएका थिए।
गुडिरहेको सवारीसाधनमा चालकले मोबाइल प्रयोग गर्नु ट्राफिक नियम विपरीत र जोखिमपूर्ण मानिने भएकाले सुनसरी ट्राफिकले उनलाई कानुनी दायरामा ल्याउँदै जरिवानासहितको कारबाही प्रक्रिया अगाडि बढाएको हो।
No ads found for this position


डिसी नेपाल
Yesta kannun michera kam garne lai karbai hunnai parchha, very good ,yo KP Oli ko sarkar hoina afna lai chhut arulai karbai