प्रधानमन्त्री बालेनले बाेलाए मन्त्रिपरिषद् बैठक

डिसी नेपाल
२६ जेठ २०८३ ९:५७

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषदकाे बैठक बाेलाएका छन्। मंगलबार ११:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको हो।

नियमित प्रक्रिया र समसामयिक राजनीतिक तथा प्रशासनिक एजेन्डाहरूमाथि छलफल गर्न यो बैठक बोलाइएको बताइएकाे छ।

बैठकमा सरकारको आगामी कार्ययोजना, विभिन्न मन्त्रालयका प्रस्तावहरू र प्रशासनिक क्षेत्रका केही महत्त्वपूर्ण नियुक्ति वा सरुवाका विषयमा समेत निर्णय हुन सक्ने सम्भावना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *