अफवाह फैलाएर आफ्नो बदनाम गर्न खोजियो: अर्थमन्त्री डा. वाग्ले
काठमाडाैं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू र देशको बजेटका विरुद्ध संगठित रूपमा अफवाह फैलाएर बदनाम गर्ने प्रयास भइरहेको गुनासो गरेका छन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बजेटका विषयमा आयोजित छलफलमा भाग लिँदै उनले यस्तो दाबी गरेका हुन्।
प्रमुख प्रतिपक्षी दलहरूले प्रतिनिधि सभामा लगातार अवरोध सिर्जना गरिरहेका बेला अर्थमन्त्री वाग्लेले संसदीय समिति मार्फत आफ्ना कुराहरू सार्वजनिक गरेका हुन्।
बजेटमाथि खुला र गहन छलफल हुनुपर्ने संसद्लाई बन्धक बनाएर बाहिर भने आफू विरुद्ध चौतर्फी र योजनाबद्ध रूपमा गलत प्रचार गरिएको उनको भनाइ थियो।
उनले संसद् अवरुद्ध भएका कारण आफूले जनताका प्रतिनिधिहरू माझ सत्यतथ्य राख्ने मौका नपाएकाले नै स्पष्टीकरण दिन र जवाफ बोकेर संसदीय समितिमा उपस्थित भएको प्रष्ट पारे।







डिसी नेपाल







Facebook Comment