संसदमा श्रम संस्कृतिको विरोध, सभामुखले पेलेर सदन अगाडि बढाए

डिसी नेपाल
२७ जेठ २०८३ १७:३५

काठमाडौं। श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको बैठकमा विरोध जनाएका छन्।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामै सांसदलाई बोल्न नदिएको र विभेद गरेको भन्दै अध्यक्ष हर्क साम्पाङ लगायत श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर विरोध जनाइरहेका छन्।

सभामुख अर्यालले भने सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालको मनतव्यमा समेत बोलिरहेको र विरोध जनाइरहेको कारण रोष्टममा गएर बोल्ने तयारी नरहेकोले आफूले समय दिन नसकेको स्पष्ट पारेका थिए।

अहिले अध्यक्ष राई र उनको पार्टीका सांसदहरु पर्चा बाकेर वेल घेराउसहित विरोध जनाइरहेका छन्। तर सभामुखले पेलेर सदन अगाडि बढाइरहेका छन्।

उनीहरुले सदनभित्रै आफूहरूलाई विभेद भएको भन्दै गम्भीर प्रश्न उठाइरहेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *