संसद्को गतिरोध अन्त्य : श्रम संस्कृति पार्टीको अवरोधपछि अध्यक्ष साम्पाङद्वारा सम्बोधन
काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दल श्रम संस्कृति पार्टीले गर्दै आएको अवरोध हटेको छ। सदनमा आफ्नो दलका तर्फबाट बोल्न पाउनुपर्ने माग राख्दै सांसदहरूले बेल घेराउ गरेपछि केही समय अवरुद्ध भएको बैठक सभामुख डोलप्रसाद अर्यालले विशेष समय उपलब्ध गराउने प्रतिबद्धता जनाएसँगै सुचारु भएको छ।
बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले सरकारको धारणा राखेका थिए। तत्पश्चात् विभिन्न राजनीतिक दलका नेताहरूले आफ्नो मन्तव्य राख्ने क्रममा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे, एमालेका रामबहादुर थापा ‘बादल’, नेकपाका प्रमेश हमाल र राप्रपाका ज्ञानेन्द्र शाहीले सम्बोधन गरेका थिए।
यसै क्रममा सभामुखले बोल्नेहरूको सूचीमा आफ्नो दलको नाम नराखेको र समय उपलब्ध नगराएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले बेल घेराउ गरी नाराबाजी गरेका थिए। सभामुखले सो पार्टीलाई बोल्ने समय दिने आश्वासन दिएपछि अवरोध हटेको हो। हाल सो पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनलाई सम्बोधन गरिरहेका छन्।







डिसी नेपाल







Facebook Comment