रचनात्मक उद्योगको विकासका लागि साझा प्रयासको थालनी: सहभागिता बढाउँदै जाने लक्ष्य
काठमाडौं । रचनात्मक उद्योगको विकास र विस्तारका लागि कल्चरल एण्ड क्रियटिभ इन्डष्ट्रिज फ्रेण्डस ग्रुप (फर सीसीआइ) निर्माण गरेर आपसी अभ्यास, ज्ञान, सिप अनुभव आदान प्रदान गर्न थालिएको छ ।
काठमाडौं उपत्यकाका स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका चलचित्र विधाबाट र ललितपुर महानगरपालिका संगीत विधाबाट युनेस्को रचनात्मक सहर सञ्जालमा सदस्य बनेपछि स्थानीय तहसँगै युनेस्को, ब्रिटिस काउन्सिल, एफसीए, आइएलओसहित निकाय तथा कार्यालयहरू र रचनात्मक क्षेत्रसँग आबद्ध व्यक्तिहरूको संयुक्त प्रयास थालिएको छ । यसको पहिलो बैठक ललितपुर महानगरपालिकाले आयोजना गरेको थियो ।
मंगलबार (हिजो) काठमाडौं महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा दोस्रो बैठक सम्पन्न भएको छ । बैठकमा आफूले चयन गरेको विधा र यसअन्तर्गत सम्पन्न कामका विषयमा जानकारी गराउने क्रममा कार्यवाहक प्रमुख डंगोलले चलचित्र विधाले रचनात्मक उद्योगका अरू विधालाई चलचित्रबाट समेट्न सकिने र समुदाय स्तरमा रचनात्मक अर्थतन्त्रलाई चलायमान बनाउन सकिने भएकोले काठमाडौँले चलचित्र विधा चयन गरेको बताइन् ।
‘काठमाडौँका समुदायभित्र लुकेका कथालाई चलचित्रको कथाको प्लट र पात्रसँग जोड्न सकिने, काठमाडौँलाई खुला स्टुडियोको रूपमा विकास गर्न सकिने बताइन् ।
बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले संगीत विधाबाट युनेस्को क्रियटिभ सिटीज नेटवर्कमा सदस्यता प्राप्त गरेको बताउँदै यसलाई समुदाय स्तरमा अभ्यास बढाउने तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने कामसँग सम्बन्धित प्राथमिक योजना सुनाए ।







डिसी नेपाल







Facebook Comment