‘फुलन्देको आमा’को नयाँ म्युजिक भिडियो
काठमाडौँ। मुन्द्रेको कमेडी क्लवमा ‘फुलन्देको आमा’को भूमिकामा देखिने उमेश राई पछिल्लो समयका व्यस्त कलाकार हुन्। स्टेज कार्यक्रम तथा म्युजिक भिडियोमा उनको डिमाण्ड बढ्दो छ।
उनै उमेशको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शुक्रबार ‘फूलको कुरा’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। रमेश कडरियाको शब्द तथा संगीत रहेको गीत मछिन्द्र राईले गाएका हुन्।
जस बहादुर याखको निर्देशन, सन्देश रिमालको कोरियोग्राफी रहेको गीतको भिडियोमा उमेश राईका साथमा आरुषी मगर, मौशम कन्दङवा सुब्बा लगायत फिचर्ड छन्।
जानेन्द्र शर्मा हुमागाँको छायांकन रहेको भिडियोमा सम्पादनको जिम्मेवारी अमित चापागाइँले निर्वाह गरेका छन्।
भिडियो :
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment