एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय कास्कीका विभिन्न शाखा र हिरासत कक्षको निरीक्षण
पोखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कोइरालाले जिल्ला प्रहरी कार्यालय कास्कीको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा उनले कास्की प्रहरी मातहत रहेका विभिन्न महत्त्वपूर्ण शाखाहरूको कार्य सम्पादन र अवस्थाबारे विस्तृत जानकारी लिए।
एसएसपी कोइरालाले जिल्ला प्रहरी कार्यालयभित्रको अपराध अनुसन्धान शाखा, उजुरी तथा छानविन शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, अनुचित लेनदेन (मिटरब्याज) शाखा र सीडीआर शाखाको वस्तुस्थिति नियालेका थिए।
उनले ती शाखाहरूबाट भइरहेको कार्य सम्पादनको प्रभावकारिता र नागरिक सेवा प्रवाहको अवस्थाबारे गम्भीरतापूर्वक चासो राखे। शाखाहरूको निरीक्षणका साथै उनले कार्यालयको हिरासत कक्षको समेत स्थलगत निरीक्षण गरी त्यहाँको सुरक्षा अवस्था र थुनुवाहरूको अवस्थाबारे जानकारी लिएका छन्।







डिसी नेपाल







Facebook Comment