रास्वपा महाधिवेशन: उजुरी छानबिनपछि टुंगियो प्रतिनिधिको संख्या, ३,८४९ जनाले भाग लिने
रास्वपा महाधिवेशनको चहलपहल
नारायणगढ (चितवन), ९ असार :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मङ्गलबार चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र परिसरमा सहभागीहरूको चहलपहल । हिजोका लागि निर्धारित बन्दसत्र स्थगन भएपछि आज अपराह्नपछि बन्दसत्र सञ्चालन गर्ने तयारी गरिएको छ । यसका लागि प्रतिनिधि नामावली सार्वजनिक गरी अहिले परिचयपत्र (कार्ड) वितरणको तयारी भइरहेको छ । तस्बिर : सनद अधिकारी/रासस
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनका लागि कुल तीन हजार ८४९ जना प्रतिनिधिहरू कायम भएका छन्।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार यसअघि सार्वजनिक गरिएको प्रतिनिधिको प्रारम्भिक नामावलीमाथि परेका उजुरी र दाबी विरोधको विस्तृत छानबिन तथा अध्ययन गरेपछि मात्रै प्रतिनिधिको यो अन्तिम सङ्ख्या निर्धारण गरिएको हो।
निर्वाचन आयोगले नामावलीलाई अन्तिम रूप दिएसँगै अब महाधिवेशनको बन्दसत्र तथा नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment