रास्वपा महाधिवेशन : संस्थापक सदस्य मोहन थापाद्वारा भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

डिसी नेपाल
१० असार २०८३ १०:५०

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि पार्टीका संस्थापक नेता मोहन थापाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

गण्डकी प्रदेशको भूगोलतर्फबाट प्रतिनिधित्व गर्दै थापा केन्द्रीय नेतृत्वको प्रतिस्पर्धामा उत्रिएका हुन्।

पार्टी स्थापनाकालदेखि नै सक्रिय रहँदै आएका थापा रास्वपाका संस्थापक सदस्य हुन्। पार्टी सभापति रवि लामिछानेले सुरुवाती चरणमा दल गठन गर्दाकै बखत उनी केन्द्रीय सदस्यका रूपमा रहेका थिए।

केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता गराएसँगै नेता थापाले महाधिवेशन प्रतिनिधिहरू तथा मतदाताहरूसँग भेटघाट तीव्र पार्दै मत माग्न सुरु गरेका छन्। उनले पार्टीको साङ्गठनिक सुदृढीकरण र भावी कार्यदिशाका लागि आफूलाई मतदान गरिदिन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूसमक्ष हार्दिक अपिल समेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *