विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
काठमाडौं। संयुक्त राष्ट्रसङ्घको विश्वखाद्य कार्यक्रम, लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन र वल्र्ड फुड प्रोग्रामले नेपालका विद्यालय दिवा खानाको मात्रा बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन्।
बालबालिकाको पोषण सुधार्न, सिकाइ परिणामलाई टेवा दिन र स्थानीय खाद्य प्रणालीलाई बलियो बनाउन नमुना कार्यक्रमका रूपमा यो घोषणा गरिएको हो। एक मिलियन अमेरिकी डलरको सहयोगमा सञ्चालन हुने यस कार्यक्रमले करिब ७० हजार बालबालिकालाई लाभ दिने अपेक्षा गरिएको छ।
साथै यसले विद्यालय, साना किसान र सरकारी प्रणालीबीच अन्तरसम्बन्ध विकास गर्ने विश्वखाद्य कार्यक्रमले जनाएको छ।
घोषणा कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले विद्यालयमै उत्पादित दिवा खानाले विद्यार्थीको उपस्थिति र सिकाइ परिणामहरू सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। यस साझेदारीको निरन्तर कार्यान्वयनले दिगोपनलाई बलियो बनाउने र दिवा खाना कार्यक्रमलाई राष्ट्रिय विकास प्राथमिकतामा योगदान दिइ थप दिगो र स्थानीय रूपमा सञ्चालित प्रणालीमा विकसित हुन मद्दत मिल्ने उनको भनाइ थियो।
विश्वखाद्य कार्यक्रमका देशीय निर्देशक रियाज लोधीले यो साझेदारीले सामुदायिक विद्यालयका लागि ताजा, पौष्टिक र स्थानीय खाना उत्पादन गर्न तत्काल प्रभाव पार्ने बताए।
लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनका अध्यक्ष फाब्रिसियो ओलिभेराले स्थानीय किसान, विद्यालय र समुदायलाई सशक्त बनाउँदै बालबालिकाले पौष्टिक विद्यालय खाना प्राप्त गर्ने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment