बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

डिसी नेपाल
१० असार २०८३ २१:५६

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट चालकको उद्धार गरिएको छ। बेनी–जोमसोम सडकमा पर्ने महभिरमा साँझ ८ बजेको समयमा गुडिरहेको गाडी भिरबाट खसेको पहिरोले पुरिएका चालकको सुरक्षाकर्मीहरूको टोलीले उद्धार गरेर बेनी अस्पतालमा पठाएको हो।

घटनास्थलमा रहेका म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार पहिरोमा पुरिएकाले गाडीको नम्बर पहिचान भएको छैन। गाडीको चालक सिटमा रहेका ती व्यक्तिलाई अचेत अवस्थामा उद्धार गरिएको हो। उद्दार गरिएका व्यक्तिको पनि पहिचान नखुलेको प्रनाउ कार्कीले बताए।

पहिरोका कारण बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, प्रनाउ कार्की, सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक विमल सिलवालसहित ४० जनाको टोली बेनीदेखि १८ किलोमिटर उत्तरमा पर्ने महभिर पुगेर उद्धार गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *