काठमाडौं र पाँचथरमा गरी दुई जना मृत फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
काठमाडौंको दक्षिणकाली नगरपालिका-६ दक्षिणकाली मन्दिर छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्।
पाँचथरको याङवरक गाउँपालिका-५ बस्ने ३९ वर्षीया देवी माया मग्राती सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेकी छिन्।
प्रहरीले दुवै घटनाका सम्बन्धमा आवस्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment