अविरल वर्षाका कारण सुदूरपश्चिमका सडक अवरुद्ध, यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
१६ असार २०८३ ९:२४

काठमाडौं । केही दिनयता भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा पहिरो जाँदा जनजीवन प्रभावित बनेको छ। वर्षाकै कारण सुदूरपश्चिमका दार्चुला र बैतडी जोड्ने सडक खण्डहरू पूर्ण रूपमा ठप्प भएका छन्।

मंगलबार बिहान गएको पहिरोले दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ का दुई स्थान र बैतडीको गोकुलेश्वर–लटिनाथ सडक खण्ड अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ। सडकमा थुप्रिएको पहिरोका कारण सवारीसाधन चल्न सकेका छैनन्, जसले गर्दा यात्रुहरू अलपत्र परेका छन्। हाल स्थानीय तहसँगको समन्वयमा सडक सुचारु गर्न पहिरो पन्छाउने कार्य तीव्र पारिएको छ।

यसैबीच, मौसम पूर्वानुमान विभागले वर्षा अझै केही दिन जारी रहने जनाएको छ। थप पहिरो जाने उच्च जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र गर्नै परेको खण्डमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *