बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते

डिसी नेपाल
१९ असार २०८३ १७:४४

काठमाडौं । बैतडीको पाटन नगरपालिका-९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३९६३ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार कार्य जारी रहेको छ। गम्भीर घाइते दुई जनासहित सबै घाइतेलाई उपचारका लागि डडेल्धरा अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको तथा घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *