अनुष्का शर्मा र विराट कोहलीको यो फोटो निकै रोमान्टिक छ

डिसी नेपाल
१२ असोज २०७६ १०:३५

मुम्बई। बलिउड अभिनेत्री अनुष्का शर्मा आजकल आफ्नो फिल्मका कारण कम र पति विराट कोहलीका कारण धेरै चर्चामा रहन्छिन्। सामाजिक संजालमा अनुष्का शर्मा निकै सक्रिय रहन्छिन् र केही न केही पोष्ट गरिरहन्छिन्।

केही दिन अगाडि अनुष्काले आफ्नो इन्स्टाग्राममा आफ्ना पतिसँग खिचेका केही तस्वीर पोष्ट गरेकी छन्। जुन तस्वीरलाई उनका फ्यानले निकै मन पराएका छन्।

मुम्बईको एक समारोह भन्दा पहिला विराट र अनुष्काले फोटोशुट गराएका थिए। अनुष्का र विराट दुवैले आफ्नो सामाजिक संजालमाबाट ती फोटो शेयर गरेका छन्। जसमा उनीहरु निकै रोमान्टिक देखिएका छन्। फोटोमा अनुष्का क्रीम फेदर टपसँगै बालो ट्राउजरमा देखिएकी छन्।

उता विराट भने ब्लयाक सुट–बुटमा निकै ह्याण्डसम देखिएका छन्। मुम्बईमा भारतीय खेल समारोह २००९ को आयोजना गरिएको थियो। जसमा छुट्टा छुट्टै खेलमा भारतको नाम राख्ने खेलाडीलाई सम्मान गरिएको थियो। यस क्रममा विराट कोहलीसँग उपस्थित भएकी अनुष्का निकै खुशी देखिन्थइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *