फिफा विश्वकप २०२६: ब्राजिललाई हराएपछि हाल्याण्डले के भने ?
काठमाडौं । फिफा विश्वकपमा ब्राजिलमाथि नर्वेको ऐतिहासिक जितपछि यसका स्टार खेलाडी एर्लिङ हालान्डले यो आफ्नो देशको इतिहासको सबैभन्दा अविश्वसनीय दिनहरू मध्ये एक भएको बताए।
उनले यो जितलाई सम्पूर्ण देशको लागि गर्वको क्षणको रूपमा वर्णन गरे।
प्रि-क्वाटरफाइनल खेलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ ले पराजित गर्दै पहिलो पटक फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ।
यो जितको नायक हल्याण्ड थिए, जसले खेलको ७९ औं र ९० औं मिनेटमा गोल गरे।
ब्राजिलका लागि एक मात्र गोल नेमार जुनियरले इन्जुरी समयमा पेनाल्टीबाट गरेका थिए, तर त्यतिन्जेल धेरै ढिलो भइसकेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment