बालक हत्या गरेको आरोपमा एक जना पक्राउ

डिसी नेपाल
२२ असार २०८३ २०:३१

कैलाली। कैलालीमा दश वर्षीय बालक तनुज चौधरीको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ।

यही असार १२ गते धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वनमा तनुज चौधरी मृत अवस्थामा फेला परेका थिए। उक्त घटनामा संलग्न रहेको आरोपमा गौरीगंगा नगरपालिका–६ का खगेन्द्र भन्ने खेमराज कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार कठायतलाई धनगढी उपमहानगरपालिका–२ भन्सार रोड क्षेत्रबाट पक्राउ गरेको हो।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी ज्यानसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *