ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

डिसी नेपाल
२२ असार २०८३ २१:५०

काठमाडौं। नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल क्रियाकलाप र प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन विदेशी महिलालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा विदेशी तथा स्वदेशी पर्यटकलाई दुःख हैरानी दिएको र प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोपमा तीन युगान्डाली महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका महिलाले ठमेलमा हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेक्ने र अश्लील क्रियाकलापका लागि मोलमोलाइ गरी दुःख हैरानी दिने गरेकाले पक्राउ गरिएको जानकारी दिृ।

पक्राउ परेका तीन विदेशी महिलालाई ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा अनुसन्धान अघि बढाइएको प्रवक्ता भट्टराईले बताए। उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *