किसानले उत्पादन गरेको खसीबोकाको उचित मूल्य सुनिश्चित गर्न मन्त्रालयको चासो
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको किसानले उत्पादन गरेको खसीबोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको छ।
यस सम्बन्धमा किसानबाट व्यापारी तथा बजारसम्मको आपूर्ति शृङ्खला, खरिद मूल्य तथा उत्पादकले पाउने वास्तविक प्रतिफलका विषयमा तथ्याङ्क संकलन तथा अध्ययनको प्रक्रिया अघि बढाइएको छ।
किसानले आफ्नो उत्पादनको न्यायोचित मूल्य प्राप्त गर्ने वातावरण निर्माण गर्दै उपभोक्तासम्म सहज र पारदर्शी आपूर्ति प्रणाली विकास गर्न सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य भइरहेको छ। उत्पादक र उपभोक्ता दुवैको हितलाई ध्यानमा राखी आवश्यक नीतिगत तथा समन्वयात्मक पहलका बारेमा थप निर्णय छिट्टै सार्वजनिक गरिनेछ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment