सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित

डिसी नेपाल
३२ असार २०८३ १५:३०

काठमाडौं। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ।

आयोगले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार ३१ गतेको आदेशअनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि सो कार्य स्थगित गरिएको जनाएको हो।

आयोगले पूर्वन्यायाधीश, संवैधानिक आयोगका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीबाहेकका अन्य सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको थियो।

आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आजसम्मका लागि तोकेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *