बिहारको बाढीमा फेन्सी फोटोशुट, बाढी भन्दा फोटोको बढी चर्चा (फोटाफिचर)

डिसी नेपाल
१४ असोज २०७६ ९:०१

पटना विहार। भारतको पटनामा विगत केही दिन देखि परेको अविरल वर्षका कारण जनजीवन प्रभावित बनेको छ। पटनका अधिकांश भाग पानीले डुबेका छन्। अबिरल वर्षाका कारण केही इलाकामा आठ फिटसम्म पानी जमेको छ भने स्कुल र कजेललाई विदा दिइएको छ।

यसैबीच पटनाको सडकको पानीमा नेशनल इन्स्टिच्युट अफ फेशन टेक्नोलोजिकी एक विद्यार्थी अदिती सिंहले फोटोशुट गराएको विषय अहिले चर्चाको शिखरमा छ। मानिसहरुले सामाजिक संजालमा उनको कामका सराहना गरिरहेका छन् भने केहीले उनको विरोध पनि गरेका छन्।

फोटोग्राफर सौरभ अनुराजले खिचेको फोटोलाई सामाजिक संजालमा शेयर गरका थिए। उनले फोटोको क्याप्शनमा लेखेका छन्–मरमिड इन डिजास्टर।’ अदिती र अनुराज भन्छन्–हाम्रो उद्देश्य शहरको अवस्थालाई देखाउनु थियो।’ सौरभले लेखेका छन्–फोटोशुट पटनाको वर्तमान अवस्थालाई देखाउनका लागि गरिएको हो। कुनै गलत उद्देश्यले गरेको होइन।’

इन्स्टाग्राममा यो विषयमा मिश्रित प्रतिक्रिया आइरहेका छन्। यी फोटोलाई ७ हजार भन्दा धेरै लाइक्स मिलेको छ। एक जना समाजिक संजाल प्रयोगकर्ताले भनेका छन्–यी मानिसले मुश्किल अवस्थामा हाँस्न सिकाए।’ अर्का एक जनाले लेखेका छन्–यो मजाक भन्दा धेरै केही पनि होइन। विपदको समयलाई प्रचारको माध्यम बनाउनु उचित होइन्।’

यतिबेला पटनामा जल कफर्यू जस्तो अवस्था छ। राजधानीका ८० प्रतिशत घरमा पानी पसेको छ। यहाँकोराजेन्द्रनगर समेत कयौं इलाकामा विगत ३६ घण्टादेखि विजुली र खानेपानीसमेत छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *