कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठप्रति पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।
मंगलबार ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन हुनुभएका नेता श्रेष्ठको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो।
सो क्रममा पार्टीका शीर्ष नेताहरू, कार्यकर्ता तथा विभिन्न क्षेत्रका महानुभावहरूले उनको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment