राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता, संसदीय गतिविधिबारे गराए जानकारी
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेट गरेका छन्।
सभामुख अर्यालले बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।
आजको संसद् बैठक बस्नुअघि भएको उक्त भेटका क्रममा सभामुख अर्यालले देशको विद्यमान राजनीतिक परिस्थिति, संसद्मा पेस हुने कार्यसूची तथा पछिल्ला संसदीय गतिविधिबारे राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment