सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक

डिसी नेपाल
१४ साउन २०८३ १७:०३

विराटनगर । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडप र त्यसको असर अन्य जिल्लाहरूमा पनि पर्न थालेपछि मोरङमा सर्वपक्षीय बैठक बोलाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङको आयोजनामा केहीबेरअघि मोरङ उद्योग व्यापार संघको सभा हलमा बैठक सुरु भएको हो।

बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, धार्मिक अगुवाहरू, नागरिक समाजका अगुवाहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको छ।

सुनसरीको देवानगञ्जमा केही दिनअघि भएको घटनालाई लिएर अहिले मधेशका विभिन्न जिल्लामा तनावपूर्ण स्थिति सिर्जना भएको छ। यही अवस्थालाई मध्यनजर गर्दै मोरङमा कुनै पनि अप्रिय घटना हुन नदिन र आपसी सद्भाव कायम राख्नका लागि पूर्वतयारी स्वरूप यो बैठक बोलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बैठकमा सुनसरीको पछिल्लो परिस्थितिबारे जानकारी लिने र मोरङमा शान्ति सुरक्षा कायम राख्नका लागि अपनाउनुपर्ने कदमहरूका बारेमा गम्भीर छलफल भइरहेको बताइएको छ। साथै, अफवाह फैलाउने तत्त्वहरूमाथि निगरानी राख्न र सबै पक्षलाई संयमित रहन अपिल गर्ने तयारी पनि रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *