वीरगञ्जमा निषेधाज्ञा हट्यो

डिसी नेपाल
१६ साउन २०८३ २०:२०

वीरगञ्ज (पर्सा)। जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो। उनले वीरगञ्जमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदङ्गा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिए।

सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेसँगै केही दिनदेखि आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी सङ्घसंस्थाहरूले आफ्ना सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्।

आन्दोलन स्थगित भएसँगै वीरगञ्ज तथा आसपासका क्षेत्रको जनजीवन, बजार, उद्योगधन्दा र यातायात सेवा पुनः नियमित बन्दै गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *