प्रतिगमन ल्याउने हर्कत सफल नहुने भट्टराईको चेतावनी

डिसी नेपाल
१४ असोज २०७६ १४:४१

काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा प्रतिगमन ल्याउन खोज्ने कुनै पनि खालको हर्कत सफल नहुने दावी गरेका छन्।

समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष समेत रहनु भएका भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास गरिए सैह्य नहुने चेतावनी दिए।

कुनै पनि नामको पार्टी र वादले मुलुकमा निरंकुशता ल्याउने सपना नदेखे हुने उनको भनाइ छ। दशैंको अवसर पारेर गोरखा पत्रकार मंचले मंगलबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले मुलुकलाई उन्नत लोकतान्त्रिकरणको बाटोमा अघि बढाउन संचार माध्यामहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता औंल्याए।

पूर्व प्रधानमन्त्री भट्टराईले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई सच्याएर अघि बढाउने परिकल्पनाका साथ संचार क्षेत्रलाई मुलुकको चौंथो अंगको रुपमा रुपमा लिइएको उल्लेख गर्दै संचार माध्यामले सोही अनुसारको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *