वर्षाकै बीच साउनको तेस्रो सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
काठमाडौं। साउन महिनाको तेस्रो सोमबार आज बिहानैदेखि झरी परिरहे पनि पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ।
वर्षाको पर्वाह नगरी श्रद्धालुहरू छाता ओढेरै भए पनि भगवान् शिवको दर्शन, पूजा-आराधना र जल अर्पण गर्न लामबद्ध भएका छन्।
साउने सोमबारलाई शिवजीको विशेष पूजा-आराधना गर्ने पावन दिनका रूपमा लिइन्छ।
बिहानैदेखि पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरी भक्तजनलाई दर्शन गराउने व्यवस्था मिलाइएको छ। झरीका बाबजुद पनि दर्शनार्थीहरू उत्साहका साथ लाइनमा बसेर पूजापाठ गरिरहेका छन्।




















तस्बिर: सक्षम घिमिरे/नेपाल न्युज बैंक
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment