नेपाली बजारमा सुनचाँदीको भाउ बढ्यो, सुन प्रतितोला दुई लाख ८४ हजार पुग्यो
काठमाडौं। नेपाली बजारमा सोमबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार तोलामा आठ सय रूपैयाँले घटेको सुनको भाउ सोमबार पुनः आठ सय रूपैयाँले नै बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा किनबेच भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। आइतबार प्रतितोला चार हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार ३५ रूपैयाँले बढेर चार हजार तीन सय ५० रूपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस चार हजार ५८ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment