प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पौडेल

डिसी नेपाल
१४ असोज २०७६ २१:४५

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन्। उनले प्रदेश सरकार कुनै पनि हालतमा प्रेसविरोधी हुन सक्दैन भने।

सामुदायिक रेडियो सन्देशको वार्षिकोत्सवमा मुख्यमन्त्री पौडेलले पत्रकारिता क्षेत्रले सकारात्मक कुराहरु उठाउन सक्नुपर्ने धारणा राखे।

उनले हामी सबैको लक्ष्य भनेको देश निर्माण नै हो भन्दै त्यसलाई पूरा गर्न सकारात्मक सोचसहित लाग्नुपर्नेमा जोड दिए।

उनले देशमा जनचाहनाअनुसार काम गर्न धेरै कारणहरुले अप्ठ्यारो परिरहेको बताउँदै भने, ‘हामीले व्यवस्था परिवर्तन त गर्यौ तर यथास्थितीवादी सोचको कारण सोचेअनुसारको काम गर्न सकिरहेका छैनौँ।’

कार्यक्रममा राष्ट्रियसभाका प्रत्यायोजन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले नेपालको संविधानमा नै प्रेस स्वतन्त्रतालाई स्पष्टसँग लेखिएकाले समाचार लेखेकै भरमा पत्रपत्रिकाहरु बन्द नहुने व्यवस्था रहेको उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *