धरान उपमहानगरपालिकाद्वारा बिहीबार शोक बिदा

डिसी नेपाल
२१ साउन २०८३ ११:१६

धरान। धरान उपमहानगरपालिकाअन्तर्गत सरसफाइ शाखामा कार्यरत सफाइकर्मी मन्दीप राईको निधन भएको छ। उनको २०८३ साउन २१ गते बिहीबारका दिन निधन भएको हो।

राईको निधनप्रति दुःख व्यक्त गर्दै धरान उपमहानगरपालिकाले बिहीबार (साउन २१ गते) एक दिनका लागि उपमहानगर क्षेत्रभित्र शोक बिदा दिने निर्णय गरेको छ।

उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुखस्तरीय निर्णयानुसार नगर कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरूमा शोक बिदा दिइएको हो। यद्यपि, अत्यावश्यक सेवाहरू भने यथावत् सञ्चालन हुने सूचनामा जनाइएको छ।

दिवङ्गत राई २०८० भदौ १ गतेदेखि धरान उपमहानगरपालिकाको सरसफाइ शाखामा सेवारत हुनुहुन्थ्यो। उपमहानगरपालिका परिवारले मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *