परराष्ट्रमन्त्री खनालले संसदमा भने- सुगौली सन्धिको औपचारिक दस्ताबेज सरकारसँग भए नभएको यकिन छैन

डिसी नेपाल
२५ साउन २०८३ १६:५९

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतसँग भएको १८१६ को सुगौली सन्धि र भारतसँग भएको १९५० को नेपाल-भारतमैत्री सन्धिका औपचारिक सम्झौताको रेकर्ड सरकारसँग भए नभएको यकिन नभएको बताएका छन्।

सोमबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री खनालले बेलायतसँगको १८१६ को सुगौली सन्धि र भारतसँगको १९५० को नेपाल-भारत मैत्री सन्धिको रेकर्ड भए नभएको यकिन नभएको बताएका हुन्।

उनले जवाफ दिदै भने, ‘मेरो जानकारीमा आएअनुसार हामीसँग १८१६ को सुगौली सन्धि र १९५० सँग सम्बन्धित केही दस्ताबेजहरू छन्। तर, सन्धिको औपचारिक दस्ताबेज छन् या छैनन् भन्ने नेपाल सरकारसँग एकीन जानकारी छैन।’

उनले राष्ट्रिय अभिलेखालयमा केहि दस्ताबेजहरू रहेको जानकारी भए पनि ती सम्झौताका औपचारिक रेकर्ड हुन् या होइनन् भन्ने हालसम्म यकिन नभएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *