चेरी वान्डाका विद्युतीय भ्यान नाइमा एक्स्पोमा: बिना धितो हायर पर्चेज सुविधामार्फत खरिद गर्न सकिने

डिसी नेपाल
२७ साउन २०८३ १२:१०

काठमाडौं। काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा चेरी वान्डाले आफ्ना नयाँ स्मार्ट विद्युतीय व्यावसायिक भ्यानहरू प्रदर्शनमा ल्याएको छ

आगामी साउन ३१ (अगस्ट ११ देखि १६) सम्म सञ्चालन हुने उक्त एक्स्पोमा कम्पनीले विभिन्न क्षमताका विद्युतीय सवारीहरू सर्वसाधारण तथा व्यवसायीका लागि प्रस्तुत गरेको हो

एक्स्पोको हल ‘डी’ स्थित स्टल नम्बर १६ मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय सवारीहरू अवलोकन गर्न सकिनेछ। विशेष गरी विद्यालय, कलेज तथा व्यावसायिक प्रयोजनलाई लक्षित गरी तयार पारिएका यी ईभी भ्यानहरूमा आधुनिक प्रविधि, पर्याप्त ब्याट्री क्षमता, उच्च पिक पावर र उत्कृष्ट ग्राउन्ड क्लियरेन्स समेटिएको छ

मोडलअनुसारका प्राविधिक विशेषताहरू

कम्पनीका अनुसार ११ र १२ सिटका मोडलहरूमा ४१.८६ किलोवाट क्षमताको सिएटिएल (CATL) ब्याट्री, ७० किलोवाट पिक पावर र १८० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ। यी मोडलहरूले एकपटकको फुल चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज दिनेछन्

त्यस्तै, १४ सिट क्षमताको मोडलमा ५३.५८ किलोवाटको सिएटिएल ब्याट्री, ८० किलोवाट पिक पावर र २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्ससहित ३०० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ

१६ सिट क्षमताको मिनी बस मोडलमा भने ५३.५८ र ७० किलोवाट क्षमताका सिएटिएल ब्याट्री विकल्प राखिएका छन्। यसमा ८० तथा १२० किलोवाट पिक पावर, २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र मोडलअनुसार २८० देखि ३५० किलोमिटरसम्मको रेन्ज पाइने कम्पनीले जनाएको छ

बिना धितो खरिदको सुविधा

व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारीको माग बढिरहेका बेला चेरी वान्डाका यी भ्यानहरूले यात्रु तथा व्यावसायिक यातायातका लागि आधुनिक, आरामदायी र वातावरणमैत्री विकल्प दिने अपेक्षा गरिएको छ

यसैबीच, कम्पनीले ग्राहकहरूलाई सहज वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले हायर पर्चेजमार्फत बिना धितो नै गाडी खरिद गर्न सकिने विशेष सुविधासमेत ल्याएको छ

एक्स्पोमा पुग्ने आगन्तुक तथा सम्भावित ग्राहकहरूले सवारीका मोडल, प्राविधिक विशेषता, रेन्ज र खरिदका लागि उपलब्ध वित्तीय सुविधाहरूबारे प्रत्यक्ष रूपमा जानकारी लिन सक्नेछन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *