इमरान हाश्मी र दिशा पटानीको ‘आवारापन २’ को बक्स अफिसमा तहल्का

डिसी नेपाल
३१ साउन २०८३ ११:०२

मुम्बई। इमरान हाश्मी र दिशा पटानी अभिनित बहुप्रतीक्षित चलचित्र ‘आवारापन २’ ले प्रदर्शनको सुरुवातसँगै बक्स अफिसमा धमाकेदार प्रदर्शन गरिरहेको छ। दर्शकबाट प्राप्त अत्यन्तै सकारात्मक प्रतिक्रिया (वर्ड अफ माउथ) को बलियो प्रभाव र १५ अगस्टको सार्वजनिक बिदाको पूर्ण सदुपयोगका कारण चलचित्रको कमाइमा व्यापक उछाल आएको हो।

बक्स अफिसमा दोस्रो दिन अर्थात् शनिबार चलचित्रले पहिलो दिनको तुलनामा अझ उत्कृष्ट व्यापार गर्‍यो। हलहरूमा दर्शकको उपस्थिति उच्च रहेपछि सकनिल्कका अनुसार चलचित्रले पहिलो दिन २२ करोड रुपैयाँको ओपनिङ गरेको थियो।

विश्वभर १९ हजार ५२९ शोहरू प्राप्त गरेको ‘आवारापन २’ ले दुई दिनभित्रै कुल ७२.९० करोड भारतीय रुपैयाँ (भारतमा ६६.९० करोड र विदेशमा ६ करोड) को ग्रस व्यापार गर्दै भारतमा ५५.७५ करोड रुपैयाँको खुद (नेट) कमाइ हासिल गरेको छ।

यो उत्कृष्ट प्रदर्शनसँगै ‘आवारापन २’ रिलिजको दुई दिनभित्रै सन् २०२६ को सप्ताहन्तमा सर्वाधिक कमाइ गर्ने शीर्ष १० चलचित्रको सूचीमा छैटौँ स्थानमा उक्लिएको छ। यसक्रममा यसले ‘ककटेल २’, ‘अल्फा’ र ‘ओ रोमियो’ जस्ता चर्चित चलचित्रहरूलाई पछि पारेको छ।

नितिन कक्करको निर्देशनमा बनेको यो चलचित्र सन् २००७ को चर्चित फिल्म ‘आवारापन’ को सिक्वेल हो। मानव बेचबिखनको गम्भीर मुद्दालाई प्रेमकथासँग जोडेर बनाइएको यस चलचित्रमा इमरान र दिशाको अन-स्क्रिन केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *