सरकारले हुलाक सेवा विभागको आफ्नै भवन निर्माण गर्ने

डिसी नेपाल
१५ असोज २०७६ १७:२३

काठमाडौं । सरकारले हुलाक सेवा विभागको आफ्नै भवन निर्माण गर्ने तयारी गरेको छ।

१४१ वर्षदेखि भाडामा संचालन हुँदै आएको हुलाक सेवाको मुख्य प्रशासकीय कार्यालय हुलाक सेवा विभागको भवन सरकारले यस वर्ष काठमाडौंको बबरमहलमा बनाउने तयारी गरेको हो।

हुलाक सेवाको मुख्य प्रशासकीय भवन आगामी वर्ष सम्पन्न हुने गरी यस वर्षबाट बनाउने तयारी गरिएको संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

बुधबार काठमाडौंको डिल्लीबजारमा निर्माण गरिएको गोश्वारा हुलाक कार्यालय भवनको उद्घाटन गर्दै उनले कामको चाप हेरेर सरकारले कार्यालयहरुको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री बास्कोटाले सेवाग्राहीहरुको सेवालाई ध्यानमा राखेर कार्य सम्पादन गर्न पनि कर्मचारीलाई सचेत गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *