पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन

डिसी नेपाल
४ भदौ २०८३ २०:२१

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन निर्देशन दिएका छन्।

सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालका अधिकारीसँगको छलफलमा एउटै व्यक्ति वा संस्थाका धेरै पत्रपत्रिकाले विज्ञापन लिने, वास्तविकभन्दा बढी प्रकाशन सङ्ख्या देखाउने तथा पेस गरिएको विवरण र वास्तविक प्रकाशनबीच फरक हुने समस्या उठाइएको थियो।

मन्त्री तिमिल्सिनाले वास्तविक प्रकाशन तथा वितरण सङ्ख्या यकिन गर्ने प्रभावकारी प्रणाली बनाउन, वर्गीकरणका आधार स्पष्ट गर्न र सरकारी विज्ञापन वितरणमा हुने दोहोरोपन हटाउन निर्देशन दिएका छन्।

छापा माध्यमसँगै अनलाइन तथा डिजिटल सञ्चारमाध्यमको विस्तार भइरहेकाले सबै माध्यमलाई समेट्ने एकीकृत वर्गीकरण प्रणालीको सम्भावना अध्ययन गर्न पनि मन्त्रालयले तयारी गरिरहेको जनाएको छ। साथै, प्रेस काउन्सिलको आर्थिक तथा प्रशासनिक काम पारदर्शी बनाउन र बेरुजु समयमै फर्छ्यौट गर्न निर्देशन दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *