सल्यानको दार्मामा स्क्रबटाइफसको प्रकोप: एक जनाको मृत्यु, २५ भन्दा बढी संक्रमित

डिसी नेपाल
७ भदौ २०८३ ८:१८

सल्यान। सल्यानमा स्क्रबटाइफस तथा ज्वरोका बिरामीहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। जिल्लाको दार्मा गाउँपालिकामा पछिल्लो एक सातायता फैलिएको यस संक्रमणका कारण एक जनाको ज्यान गएको छ भने २५ जनाभन्दा बढीमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ।

दार्मा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञबहादुर बस्नेतले दिएको जानकारी अनुसार गाउँपालिकाको वडा नम्बर ५ निवासी ६९ वर्षीय तुलबहादुर खड्काको स्क्रबटाइफसका संक्रमणका कारण मृत्यु भएको हो। उच्च ज्वरो आएपछि स्वास्थ्य परीक्षण गराउँदा उनको किट परीक्षणमार्फत स्क्रबटाइफस संक्रमण भएको खुलेको थियो।

वर्षायाम सुरु भएपछि झाडी, मुसा र किर्नाको बासस्थान बढ्ने भएकाले यसबाट बच्न सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्। झाडीमा जादाँ पूरा बाहुला भएका कपडा लगाउन, शरीरको सरसफाइमा ध्यान दिन र ज्वरो आएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गई जँचाउन स्वास्थ्य शाखाले अनुरोध गरेको छ। यस रोगले गर्दा स्थानीयवासीहरूमा अहिले त्रास फैलिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *