राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण

डिसी नेपाल
९ भदौ २०८३ २०:५४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् परम्परागत चाँगुनारायणको कलश यात्राको क्रममा कलशमा छायाँ दर्शन गरेका छन्।

चाँगुनारायण कलश यात्राका पूजारीसहितका सहभागी आज साँझ राष्ट्रपति भवन शीतल निवास पुगेपछि राष्ट्रपति पौडेलले कलशमा आफ्नो छायाँ दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गरेका थिए।

भक्तपुरस्थित चाँगुनारायण मन्दिरबाट नारायण, लक्ष्मी र सरस्वतीको प्रतिकका रूपमा तीनवटा कलश पैदल यात्रा गराएर काठमाडौंको हनुमान ढोका तथा वसन्तपुर ल्याउने गरिन्छ। त्यहाँ विधिपूर्वक पूजा सम्पन्न भएपछि राष्ट्रप्रमुखले कलशमा आफ्नो छाँया दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गर्ने परम्परा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *