रसुवा बाढीमा ८२६ जना सम्पर्कविहीन, ५७९ जना पर्यटक
काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीले बिहीबार बिहान सवा ८ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक सम्पर्कविहीन भएका हुन् ।
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरीका १३ जना रहेका छन् । त्यस्तै ५७९ जना पर्यटक पनि बाढीपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
यसैगरी रसुवाका १६१ जना र नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको प्रहरीको विवरणमा उल्लेख छ ।
बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षा निकायले उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएको छ । सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । बाढीका कारण विभिन्न क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क प्रभावित भएकाले सम्पर्कविहीनको संख्या थपघट हुन सक्ने बताइएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment