रसुवा बाढीपहिरो : जाजरकोटका सात जना सम्पर्कविहीन

डिसी नेपाल
११ भदौ २०८३ ११:१७

जाजरकोट । रसुवामा गएको बाढीपहिरोपछि जाजरकोटका सात जना परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन् ।

सम्पर्कविहीन हुनेमा शिवालय गाउँपालिका–२ का महेन्द्र विक्रम शाही, शिवालय गाउँपालिका–८ का मदन बुढा, प्रकाश बुढा र डिलबहादुर कठायत रहेका छन्। उनीहरू भोटेकोशी हाइड्रोपावर तथा भोटेकोशी क्षेत्रमा कार्यरत चिनियाँ कम्पनीमा काम गर्दै आएका थिए ।

त्यस्तै, भेरी नगरपालिका–१ का डिलबहादुर विक, भेरी नगरपालिका–३ का रतन रोकाय र भेरी नगरपालिका–४ की विनिता शाही पनि बाढीपहिरोपछि सम्पर्कविहीन भएका छन् ।

बाढीपहिरोपछि उनीहरूसँग सम्पर्क हुन नसकेपछि परिवार तथा आफन्तले चिन्ता व्यक्त गर्दै तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

सम्पर्कविहीन सातै जनाको अवस्था यकिन गर्न सुरक्षा निकाय तथा सम्बन्धित निकायले तत्काल खोजी र उद्धार कार्य अघि बढाउनुपर्ने परिवारको माग छ । प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले खोजीका लागि समन्वय गरिरहेको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *