यी हुन् रसुवा बाढीबाट उद्धार गरिएका विदेशी नागरिक

डिसी नेपाल
११ भदौ २०८३ १५:५३

काठमाडौं। रसुवा बाढीका कारण जोखिममा परेका विभिन्न देशका नागरिकलाई उद्धार गरिएको छ। उद्धार गरिएका विदेशी नागरिकमध्ये भारतीय ११ जना, अमेरिकी २ जना, इटालियन २ जना र दक्षिण कोरियाली ४ जना रहेका छन्।

उद्धार गरिएका भारतीय नागरिकको विवरणअनुसार उनीहरू सबैलाई टिमुरे क्षेत्रबाट उद्धार गरिएको हो। उनीहरूको उमेर ४६ देखि ६९ वर्षसम्म रहेको छ। विवरणमा ८ जना पुरुष र ३ जना महिला उल्लेख छन्।

त्यस्तै, उद्धार गरिएका अमेरिकी नागरिकमा ५२ वर्षीया अञ्जना राजा र ५५ वर्षीय पट्टाबिरामन वेंकटेसन रहेका छन्।

इटालीका उद्धार गरिएका नागरिकमा ३९ वर्षीय लोटुमुव स्टेकानो र ३७ वर्षीया भालुरेन्टिना पिचिन्टुई रहेका छन्।

दक्षिण कोरियाका उद्धार गरिएका नागरिकमा ४१ वर्षीय तायुन किआ, ५७ वर्षीय तेहुन युम, ५६ वर्षीय जोङहो लिम र ५६ वर्षीय जेपोक याङ रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *