नेपाली क्रिकेटले चाँडै निकास पाउँछ : क्यान अध्यक्ष चन्द

डिसी नेपाल
१६ असोज २०७६ २२:१२

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले चाँडै निकास पाउने बताएका छन्।

अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आएका अध्यक्ष चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आगामी बैठकबाट निलम्बन फुकुवा गरी नेपाली क्रिकेटलाई निकास दिने विश्वास व्यक्त गरे।

देहिमाडौँ बजार व्यवस्थान समिति तथा स्थानीय क्लबद्वारा आयोजित स्वागत तथा बधाई कार्यक्रममा क्यान अध्यक्ष चन्दले आइसीसीले भनेअनुसार नै क्यानको साधारणसभावाट नयाँ नेतृत्व निर्वाचित आएकाले निलम्बलन फुकुवा हुनेमा आफू ढुक्क रहेको बताए।

‘साधारण सभाको आसिसीले स्वागत गरिसकेको छ, चाँडै निकास पाउँछौँ’, उनले भने। सबै मिलेर नेपालको क्रिकेट विकासमा लाग्नुपर्नेमा उनले जोड दिए। क्रिकेटलाई राजनीतिबाट मुक्त बनाइने अध्यक्ष चन्दको भनाइ थियो।

‘निलम्वन फुकुवापश्चात् नेपालमा थुप्रै घरेलु प्रतियोगिता आयोजना गरिने छन्’, उनले भने, ‘भौतिक पूर्वाधार निर्माण तथा खेलाडीको सम्मानमा ध्यान दिने छौँ।’

आजै शाहीलेक बजार व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय क्रकेट खेलाडी रितु कनौजिया, कविता भट्ट, मञ्जु बोगटीलगायत खेलाडीले अध्यक्ष चन्दलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन्।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्द, पूर्व अध्यक्ष रमेश बोहरा, नेपाली काङ्ग्रेसका जिल्ला सभापति नरेन्द्रसिंह थापालगायतले बधाई ज्ञापन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *