चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प
काठमाडौँ। चीनको दक्षिण-पश्चिम प्रान्त सिचुआनस्थित नेइजियाङ प्रशासनिक क्षेत्रमा पर्ने लोङचाङ शहरमा शुक्रबार दिउँसो १:१३ बजे (बेइजिङ समय अनुसार) ५.१ म्याग्निच्युडको भूकम्प गएको छ।
चीन भूकम्प सञ्जाल केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा दर्ता गरिएको छ। उक्त भूकम्प जमिनको सतहबाट १३ किलोमिटरको गहिराइमा गएको सीइएनसीले जनाएको छ।
भूकम्पका कारण पुगेको क्षति वा सम्भावित हताहतीबारे विस्तृत विवरण आउन बाँकी छ। नेपाल-चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार कार्य जारी रहँदा सिचुआनमा यो भूकम्प गएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment